बेलौरी – कञ्चनपुरको बेलौरी नगरपालिकाले स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र (एलईओसी) २४ घण्टा सञ्चालनमा ल्याएको छ । नगरपालिकाले जल तथा मौसम विज्ञान विभागको पूर्व सूचनाअनुसार यस क्षेत्रमा भारी वर्षा, बाढी तथा जलमग्नता हुन सक्ने पूर्वानुमान रहेकाले सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै एलईओसी २४ घण्टा खुला राख्ने जनाएको हो ।
बाढी, डुबान तथा अन्य आपत्कालीन अवस्था उत्पन्न भए तत्काल सूचना, आवश्यक सहयोग तथा समन्वयका लागि एलईओसीमा सम्पर्क गर्न सकिने नगरपालिकाले जारी गरिएको सूचनामा भनिएको छ ।


नदी तथा खोलाको किनार, डुबान हुन सक्ने क्षेत्र र जोखिमयुक्त स्थानमा नजान तथा सम्बन्धित निकायबाट जारी पूर्व सूचना र निर्देशनको पालना गर्न नगरवासीलाई पालिकाले आग्रह गरेको छ ।
बेलौरी नगरपालिकाले आपत्कालीन सम्पर्क नम्बर :
एलईओसी : ९८०१३८५६७४, ९८४८७५४००८, ९८०१७१४५४६
नगरपालिका कार्यालय : ९८५८७२७१११ नम्बर समेत सार्वजनिक गरेको छ ।


















