अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ खुटिया पुलमा स्कारपियोलाई इभी हाइसले ठक्कर दिँदा ३ जना घाइते भएका छन् ।

आइतबार बिहान पूर्व–पश्चिम राजमार्ग अन्तरगत उक्त क्षेत्रमा बा.२१ च.५५५९ नम्बरको स्कारपियोलाई सोही दिशाबाट आउँदै गरेको सु.प.प्र.०१–००१ ज १७०४ नम्बरको इभी हाइसले पछाडिबाट ठक्कर दिएको हो ।

दुर्घटनामा स्कारपियोमा सवार गौरीगंगा नगरपालिका – १ चौमालाकी २२ वर्षीय दमयान्ती राना, स्कारपियो चालक गौरीगंगा नगरपालिका – १ चौमालाका विकास चौधरीका छोरीहरू ९ वर्षीय युनिसा चौधरी र ६ वर्षीय आयना चौधरी घाइते भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
तीनै जनालाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पठाइएको उनले बताए । प्रहरीले दुवै सवारी साधन तथा स्कारपियो चालक चौधरी र इभी हाइस चालक गौरिगंगा नगरपालिका – ५ का २८ वर्षीय मनोहर सिंहलाई नियन्त्रणमा लिएको जनाएको छ ।


















