
अत्तरिया– कैलालीको धनगढीबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका– १९ गुम्बाचोकबाट सोही ठाउँका २७ वर्षिय राजन सिँह र ३४ वर्षिय मनोज देवारलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो ।
उनिहरुको साथबाट १७० मिलिग्राम खैरो हिराईन बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । इलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरी टोलीले शनिबार दिउँसो उनिहरुलाई पक्राउ गरेको हो ।


















