खाेज्नुहाेस

बैतडीमा ग्यास लिक भएर पसलमा आगलागी

Image

बैतडी – खाना पकाउने ग्यास लिक भएर बैतडीको एक पसलमा आगलागी भएको छ ।

navjiwan hospital

जिल्लाको पुर्चौंडी नगरपालिका–७ कुटेबगरमा स्थानीय धौलसिंह ऐरले सञ्चालन गरेको रियान्स किराना पसल तथा होटेलमा शनिबार दिउँसो आगलागी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

attariya hospital

आगलागीबाट पसलभित्र रहेका खुद्रा सामग्री, फ्रिज लगायतका अन्य सामानहरुमा क्षति भएको छ ।

पसलमा आगलागी भएको खबर पाएपछि प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाइएको छ । आगलागीबाट मानवीय क्षति नभए पनि अन्य क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।