कञ्चनपुर – कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीका भन्सार अधिकृत चक्रदेव भट्टको जिम्मेवारी खोसिएको छ । उनलार्य भन्सार विभागले जिम्मेवारीबाट हटाएर विभागमा हाजिर हुन पत्राचार गरिएको छ ।

भन्सार अधिकृत भट्ट र सशस्त्र प्रहरी बल नेपाल ३४ गण कैलालीका एसपी खुमबहादुर केसीबीच उत्पन्न विवादका सम्बन्धमा सार्वजनिक भएका विवरणमाथि थप बुझ्नुपर्ने भन्दै विभागले भट्टलाई तत्कालका लागि जिम्मेवारीबाट हटाएको हो ।

भट्टलाई त्रिपुरेश्वरस्थित भन्सार विभागमा हाजिर हुन पत्राचार गरिएको विभागले जनाएको छ । विभागका अनुसार विवादका विषयमा थप विवरण बुझ्ने काम भइरहेको छ ।

















