खाेज्नुहाेस

दार्चुलामा सार्वजनिक सवारी साधन आवागमनमा पूर्ण रोक

Image

दार्चुला – भारी वर्षाको सम्भावना रहेको र जिल्लालाई अति जोखिम (रेड जोन) क्षेत्रमा राखिएको भन्दै दार्चुला जिल्लाभर सार्वजनिक सवारी साधनको आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय, दार्चुलाले सूचना जारी गर्दै आजदेखि असोज ११ गते बिहान ६:०० बजेसम्मका लागि जिल्लाभर सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको हो।

navjiwan hospital

यसअघि प्रशासनले असोज ७ गतेको सूचनाअनुसार असोज ८ गतेदेखि १२ गतेसम्म रात्रिकालीन समयमा मात्र लामो तथा छोटो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको थियो। तर, भारी वर्षाको पूर्वानुमान तथा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनानुसार अति जोखिमयुक्त जिल्ला भएकाले दिन तथा रात दुवै समयमा पूर्ण रूपमा सवारी रोक लगाइएको प्रशासनले जनाएको छ।

attariya hospital

प्रशासनले आकस्मिक तथा अत्यावश्यक अवस्थामा स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरेर मात्र यात्रा गर्न अनुरोध गरेको छ।