खाेज्नुहाेस

चितवनमा अलपत्र अवस्थामा भेटिएका कृष्णपुरका युवकको वडाअध्यक्ष ढकालले गरे उद्दार

Image

सन्तोष पन्त / बेलौरी– कञ्चनपुरको बेलौरी नगरपालिका– ४ का वडा अध्यक्ष अर्जुन ढकालले चितवनमा अलपत्र परेका कञ्चनपुरका एक युवकको सकुशल उद्दार गरेका छन । विहिवार बेलुका मुक्तीनाथ दर्शन गरि फर्किने क्रममा महेन्द्र राजमार्ग अन्तरगत चितवनको वन क्षेत्रबाट कञ्चनपुरको कृष्णपुर नगरपालिका– ५ गुलरियाका २३ वर्षिय हिक्मत थापाको वडा अध्यक्ष ढाकालले सकुशल उद्दार गरि परिवारको जिम्मा लगाएका हुन ।

navjiwan hospital

वडा नम्बर ४ का ज्येष्ठ नागरिक तथा एकल महिलाहरुलाई मुक्तिनाथ दर्शन गरि फर्किने क्रममा चितवन भन्दा केही अगाडि जङ्गलमा रोकिदा थापा अलपत्र अवस्था भेटिएका थिए । पानीले रुझेको अवस्थामा सुस्त मनस्थिति भएका थापालाई ठेगाना सोधपुछ गर्दा कञ्चनपुरको गुलरिया बस्ने बताएको वडाध्यक्ष ढकालले बताए ।

attariya hospital

ठेगाना घरबारे परिचयपत्र माग्दा अफुसङ्ग केही नभएको बताएका थापाको घरमा सम्पर्क गर्दा उनी मानसिक बिरामी रहेको जानकारी पाएपछि तिर्थयात्रुहरु सङ्गै बसाएर ल्याइएको वडाअध्यक्ष ढकालले बताए । अलपत्र परेका हिक्मतलाई सङ्गै ल्याएर अत्तरियामा माइली दिदी सरस्वती थापाको जिम्मा लगाइएको उनले बताए ।

दिदि सरस्वतीका अनुसार भाइ हिक्मत बिगत ७÷८ वर्षदेखी मानसिक बिरामी रहेको र २ महिनअघि जागिरको लागि भन्दै घरबाट गएका थिए । उनले आफू काहा काम गर्ने समेत बताउने गरेका थिएनन । भाइको उद्दार गरेकोमा दिदी सरस्वतीले वडा अध्यक्ष ढकाल सहित तिर्थयत्रुहरुलाई धन्यवाद दिएका छन् ।