अत्तरिया– प्रहरीले कैलाली र कञ्चनपुरबाट अन्दाजी ३ लाख बढीका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । बिहिबार प्रहरीले दुवै जिल्लाबाट अन्दाजी ३ लाख ६ हजार ८०० रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीबाट अन्दाजी १ लाख ३० हजार रुपैया बराबरका र कञ्चनपुरबाट अन्दाजी १ लाख ७६ हजार ८०० रुपैया बराबरका सामान बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय पृथ्वीपुर कैलालीबाट खटिएको प्रहरी टोलीले कैलालीको भजनी नगरपालिका– ७ करुवाघाटबाट अवैध रुपमा भन्सार छली गरी ल्याइएका फुटबल जुत्ता बरामद गरेको प्रहरीले जनाएको छ ।

यस्तै कञ्चनपुरका विभिन्न स्थानहरुबाट जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलिले बेवारिसे अवस्थामा रहेका पेय पदार्थ, चिनी, बिडी, सुर्ति, नमकिन, चक्लेट, पटका लगायतका सामानहरु बरामद गरेको हो ।
















