खाेज्नुहाेस

कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ

Image
file photo

अत्तरिया– कैलालीबाट २ जना फरार प्रतिवादी पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय सुखड कैलालीले विभिन्न मुद्धामा फरार रहेका दुई जनालाई बिहिबार पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ पर्नेमा जिल्लाको घोडाघोडी नगरपालिका– ९ बस्ने २३ वर्षिय भिम बहादुर रावल र सोही नगरपालिका– १० बस्ने २९ वर्षिय सन्तोष बि.क. रहेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

attariya hospital

कार्यालयका अनुसार जिल्ला अदालत कैलालीले रावललाई ज्यान मार्ने उद्योग मुद्धामा १ वर्ष कैद सजाय र १० हजार रुपैया जरिवाना तोकेको थियो भने बि.क. लाई सवारी ज्यान मुद्धामा १ वर्ष कैद सजाय तोकेको थियो ।