खाेज्नुहाेस

सतर्क सुदूरपश्चिम, विद्यालय बन्द

Image

अत्तरिया – मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म भारी वर्षा हुन सक्ने पूर्वानुमान गरेपछि सुदूरपश्चिममा उच्च सतर्कता अपनाइएको छ । हाई अलर्टमा राखिएका दार्चुला, बाजुरा र बझाङ सँगै प्रदेशका अन्य जिल्लामा पनि उच्च सतर्कता अपनाइएको हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले असोज ९ गतेदेखि असोज ११ गते सम्म यस प्रदेशका केही स्थानमा पनि मेघगर्जन, चट्याङ, हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको प्रक्षेपण गरेको छ । उत्तर अन्डमान सागर र आसपासका क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र हाल बङ्गालको खाडीको मध्य भागआसपासमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उक्त प्रणाली थप शक्तिशाली बन्दै बलियो न्यूनचापीय क्षेत्र (डिप डिप्रेसन) भई उत्तरपश्चिम दिशातिर सर्ने देखिएकाले मुलुकका विभिन्न प्रदेशमा वर्षाको गतिविधि बढ्दै जाने देखिएको महाशाखाले जनाएको छ ।

attariya hospital

महाकाली बेसिन फिल्ड कार्यालयका कार्यालय अत्तरियाका प्रमुख ई. सञ्जय कुमार शाहले बिहिबार सामान्य वर्षा मात्रै भएको बताए । उनले शुक्रबार देखि ठूलो वर्षाको सम्भावना रहेको बताए ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता एवं उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री प्रकाश रावलले प्रदेशमा पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको बताए । उनले प्रदेश सरकारले वर्षाका कारण आउन सक्ने बाढीपहिरो जस्ता विपत्का घटनामा कुनै पनि ठुला दुर्घटना वा मानवीय क्षति हुन नदिने गरी पूर्वतयारीका साथ उच्च सतर्कता अपनाएको बताए ।

पुर्वतयारी स्वरुप यस क्षेत्रका विद्यालयहरुबा विदा दिइएको छ । गोदावरी नगरपालिकाले पनि शुक्रवार विद्यालय बन्द गरिने भएको छ । मौसम पूर्वानुमान महाशाखाबाट जारी विशेष मौसम बुलेटिनअनुसार असोज ९, १० र ११ गतेसम्म देशभर वर्षाको उच्च सम्भावना रहेकाले अविरल वर्षाका कारण बाढी, डुबानलगायतका विपद् आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै गोदावरीमा बिदा दिइएको हो ।

धनगढी उपमहानगरपालिकाले जोखिम विश्लेषण गरेर विद्यालय बन्द गर्न सूचना जारी गरेको छ । सूचनामा असोज ९, १० र ११ गते नेपालका विभिन्न स्थानमा भारी वर्षदिखि अति भारी वर्षा पूर्वानुमान भएको सन्दर्भमा यसबाट बाढी, पहिरो, डुबान, नदी कटान, सडक अवरोध तथा विद्युत् र सञ्चार सेवामा अवरोध हुने जोखिम रहने हुँदा यस उपमहानगरपालिका अन्तर्गतका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूले जोखिमको विश्लेषण गरी आवश्यकताअनुसार विद्यालयले दिन पाउने उल्लेख छ ।

यस क्षेत्रका धेरै पालिकाहरुमा पनि आज विद्यालयहरु बन्द गरिएका छन । यसैबिच उच्च अतर्कता अपनाउ आग्रह गर्दै ठाउँठाउँमा माइकिङ पनि गरिएको छ ।