अत्तरिया– कैलालीको अत्तरियामा रहेको सुप समावेशी आधारभुत विद्यालयमा अवसरमा मानव अधिकारका साथै संवैधानिक व्यवस्थाका बारेमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयसँगको सहकार्यमा विद्यालयले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको हो ।
विद्यालयका प्र.अ. मान बहादुर साउँदले विद्यालयले बुक फ्रि फ्राईडे को अवसरमा अभिमुखीकरण कार्यक्रम आयोजना गरेको बताए । उनका अनुसार कार्यक्रममा विद्यार्थीहरु, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्ट, मानव अधिकार अधिकृत दैवज्ञराज न्यौपाने लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रमका सहभागिहरुलाई विभिन्न संवैधानिक हकहरुमा बारेमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालयका प्रमुख प्रकाशदत्त भट्टले प्रशिक्षण दिएका थिए । संविधानमा भएका हकअधिकारका बारेमा सहभागिहरुलाई जानकारी दिनका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको विद्यालयका प्र.अ. साउँदले बताए ।

यसैबिच विद्यालयमा बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको छ । विद्यालयले बुक फ्रि फ्राईडेको अवसरमा र संविधान दिवसको पुर्वसन्ध्यामा प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा विद्यालयमा कक्षा ४ मा अध्ययनरत पासाङ सदनका अंकुश नाथले प्रथम स्थान हासिल गरे । त्यस्तै कक्षा ६ मा अध्ययनरत बुद्ध सदनका विरेन्द्र बोहराले द्धितिय स्थान प्राप्त गर्दा कक्षा ८ मा अध्ययनरत पाशाङ सदनकी प्रिया सिँह तृतिय भईन । यसैगरी कक्षा ५ मा अध्ययनरत विद्यार्थी लक्ष्मी मगरले सान्त्वना स्थान प्राप्त गरिन ।
प्रतियोगितामा विजेता विद्यार्थीहरुलाई कपीहरु प्रदान गरिएको थियो । प्रथम स्थान हासिल गर्ने अंकुश नाथलाई भने कपी सँगै ट्रफी पनि प्रदान गरिएको थियो । उक्त कपीहरु विद्यालयलाई अत्तरियामै रहेको सुदूरपश्चिम कापी उद्योगले सहयोग गरेको विद्यालयका प्र.अ. साउँदले बताए ।
उनले बुक फ्रि फ्राईडेको अवसरमा र संविधान दिवसको पुर्वसन्ध्यामा प्रतियोगिता आयोजना गरिएको बताए । उनका अनुसार प्रतियोगितामा विद्यालयमा कक्षा १ देखी ८ सम्म अध्ययनरत विद्यार्थीहरुले सहभागिता जनाएका थिए । उनले बक्तृत्वकलामा सहभागि प्रतिष्पर्धिहरुलाई संविधानका बारेमा नै बोल्न लगाईएको बताए ।
उनले प्रत्येक साताको शुक्रबारमा पाठ्यक्रमले बोलेका कुराहरुलाई सहज रुपमा विद्यार्थीहरुलाई सिकाउनका लागि यस्ता कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा पनि गर्दै जाने बताए । उनले बालबालिकाको क्षमताको पहिचान गरेर उनिहरु भित्र लुकेर रहेका सिपहरु प्रस्फुटन गराउनका लागि बुक फ्रि फ्राईडेले मद्दत पु¥याउने विश्वास लिएको समेत बताए ।
विद्यालयले विगत केही समय देखी विभिन्न सचेतनामुलक कार्यक्रमहरु आयोजना गर्दै बुक फ्रि फ्राईडे मनाउने गरेको छ ।

















