खाेज्नुहाेस

जिल्ला प्रशासन कार्यालय बैतडीको उत्कृष्ट कर्मचारी बने दीपक पन्त

Image

बैतडी –जिल्ला प्रशासन कार्यालय बैतडीमा हलुका सवारी चालक पदमा कार्यरत दीपकदत्त पन्त ‘मासिक उत्कृष्ट कर्मचारी’ बनेका छन् । जिल्ला प्रशासन कार्यालय बैतडीले उनलाई भदौ महिनाको मासिक उत्कृष्ट कर्मचारी घोषणा गरेको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले गएको वैशाखदेखि मासिक उत्कृष्ट कर्मचारी घोषणा गर्न गर्दै आएको छ ।

navjiwan hospital

मासिक उत्कृष्ट कर्मचारीको रूपमा पन्तलाई खादा लगाएर सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखिएको फोटो कार्यालयमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी मिना अर्यालले कर्मचारीहरूको मनोबल बढाउन र सेवाग्राहीलाई सेवा प्रवाहमा सहजताका लागि ‘मासिक उत्कृष्ट कर्मचारी’ घोषणा गर्ने गरिएको बताइन् ।

attariya hospital

उनले कार्यालयको कार्यसम्पादनमा देखाएको कार्यकुशलता, लगनशीलता र जिम्मेवारीप्रतिको समर्पणको कदर स्वरूप पन्तलाई मासिक उत्कृष्ट कर्मचारी घोषणा गरिएको बताइन् ।