खाेज्नुहाेस

इप्रका मालाखेतीमा कार्यरत वरिष्ठ हवल्दार चक्रबहादुर खड्का कैलालीको उत्कृष्ट प्रहरी घोषणा

Image

अत्तरिया – जिल्ला प्रहरी कार्यालय कैलालीले इलाका प्रहरी कार्यालय मालाखेतीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार चक्रबहादुर खड्कालाई २०८३ साल भदौ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीका कार्यालय प्रमुख प्रहरी उपरीक्षक नरेन्द्र चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा खड्कालाई ‘Best Police of the Month’ का रूपमा सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरिएको हो।

attariya hospital

खड्कालाई कार्यसम्पादन, अनुशासन, आचरण तथा अपराध अनुसन्धानको क्षेत्रमा उत्कृष्ट काम गरेको आधारमा भदौ महिनाको उत्कृष्ट प्रहरी छनोट गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरी सेवामा जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्दै अपराध अनुसन्धान तथा शान्ति सुरक्षाका क्षेत्रमा पुर्‍याएको योगदानको मूल्यांकन गर्दै उनलाई सम्मान गरिएको कार्यालयले जनाएको छ।