अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–३ चौकीडाँडाबाट प्रहरीले २६ लाख २५ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामानसहित एक भारतीय नागरिक पक्राउ गरेको छ।
भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका मोटरसाइकलका टायर, ट्युब, घाँस काट्ने मेसिन लगायतका सामानसहित भारतीय नम्बर प्लेटको चार चक्के मिनी ट्रक नियन्त्रणमा लिइएको हो।


इलाका प्रहरी कार्यालय मालाखेती, कैलाली र सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वाटर धनगढीबाट संयुक्त रूपमा खटिएको टोलीले बिहीबार दिउँसो उक्त मिनी ट्रक फेला पारेको जनाएको छ।
प्रहरीका अनुसार यूपी ३१ सीटी १३०३ भारतीय नम्बर प्लेटको मिनी ट्रकका चालक भारतको लखिमपुर खिरी बस्ने ३८ वर्षीय चन्द्रकुमार बर्मा पक्राउ परेकाे प्रदेश प्रहरी कार्यालय धनगढीले जनाउकाे छ ।
प्रहरीले बरामद मिनी ट्रक, सामान र चालकलाई आवश्यक कारबाहीका लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको जनाएको छ।














