अत्तरिया – कैलालीको गोदावरी नगरपालिका–११ मा रहेका प्रगति र लालीगुराँस बाल क्लबका बालबालिकाले भोटेकोशी बाढी प्रभावित बालबालिकाका लागि आर्थिक सहयोग पठाएका छन्।
६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा बाल क्लबहरुले संकलन गरेको ८ हजार ५ सय ५० रुपैयाँ बाढी प्रभावित बालबालिकाको सहयोगका लागि पठाएका हुन्।



बाल दिवसका अवसरमा ‘बालबालिकाको शिक्षा ‘भविष्यको सुरक्षा’ भन्ने नारासहित आयोजित कार्यक्रममा बाल क्लबले सहयोग रकम संकलन गरेको थियो। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा अनलाइनमार्फत जम्मा गरिएको छ ।
बाल क्लबका बालबालिकाले विपद्का कारण प्रभावित भएका आफ्नै उमेर समूहका बालबालिकालाई सहयोग गर्ने उद्देश्यले आफ्नो क्षमताअनुसार रकम संकलन गरी पठाएको बताएका छन ।

















