खाेज्नुहाेस

कञ्चनपुरमा  पुटपुटे झाडीबाट भन्सार छलीका सामान बरामद

Image

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–७ कञ्चभोज पुटपुटे झाडीबाट प्रहरीले भन्सार छली गरी ल्याइएका सामान बरामद गरेको छ।

navjiwan hospital

भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याएका अन्दाजी ३३ हजार ३ सय रुपैयाँ बराबरका पेय पदार्थ, खाने तेल, पिठोलगायतका सामान बुधबार दिउँसो प्रहरीले बेवारिसे अवस्थामा फेला पारेको हो।

attariya hospital

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले उक्त सामान फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको जनाएको छ।