खाेज्नुहाेस

सुदूरपश्चिममा शिक्षित युवा नै लागू औषधको दलदलमा

Image

धनगढी – सुदूरपश्चिममा शिक्षित युवा नै लागु औषधको दलदलमा फस्दै गएको पाइएको छ । प्रदेशमा लागू औषध अपराधमा पक्राउ पर्नेहरूमा आधा भन्दा बढी एसइई वा सो भन्दा माथिल्लो तहको शिक्षा हासिल गरेका युवा रहेका छन् ।

आर्थिक वर्ष २०८२/०८३ मा लागु औषध सम्बन्धी अपराधमा १ हजार १४६ पक्राउ परेकाका ४९३ जना एसइई उत्तीर्ण गरेका युवा छन् । यस्तै कक्षा १२ उत्तीर्ण गरेका २०७ जना र कक्षा १२ भन्दा माथि अध्ययन गरेका ४३ जना लागु औषध सम्बन्धी अपराधमा पक्राउ परेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका अनुसार सो अवधिमा साधारण लेखपढ गर्न सक्ने ४०३ जना रहेका छन् ।

attariya hospital
navjiwan hospital

प्रहरीको तथ्याङ्क अनुसार विगतको तुलनामा पछिल्लो समय लागू औषध प्रयोगकर्ताहरूको सङ्ख्या पनि बढेको देखिन्छ । आर्थिक वर्ष २०८०/०८१ मा ८४५ वटा मुद्दा दर्ता हुँदा ७९६ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८१/०८२ मा ६९३ मुद्दा दर्ता हुँदा १ हजार ४३ जना पक्राउ परे । आर्थिक वर्ष २०८२/८३ मा ६९४ मुद्दा दर्ता हुँदा पक्राउ पर्नेको सङ्ख्या बढेर १ हजार १४६ पुगेको छ ।

गत आर्थिक वर्षमा जिल्लागत रूपमा कैलालीमा सबैभन्दा धेरै ६३६ जना पक्राउ परेका छन् । कञ्चनपुरमा ४१६ जना, डडेल्धुरामा १२, डोटीमा ७, बैतडीमा १५, दार्चुलामा २१, बझाङमा २४, बाजुरामा ४ र अछाममा ११ जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार कैलाली र कञ्चनपुरमा लागु औषधको समस्या बढी देखिनुको एउटा प्रमुख कारण भारतसँग जोडिएको खुला सीमा हो । भारतबाट विभिन्न नाका हुँदै लागु औषध नेपाल भित्र्याउने र यहाँ बिक्री वितरण गर्ने गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पदमबहादुर विष्टले जानकारी दिए ।

मुख्य नाकासँगै अन्य नाकाबाट समेत लागु औषध भित्रिने गरेको प्रहरीको भनाइ छ ।