खाेज्नुहाेस

गोदावरीमा जुवाखालबाट बरामद गरिएको सरकारी मोटरसाइकलको अझै पहिचान भएन

Image
अत्तरिया – कैलालीको गोदावरी जङ्गलमा जुवाखालबाट बरामद गरिएको सरकारी मोटरसाइकलको अझै पहिचान हुन सकेको छैन । मंगलबार इलाका प्रहरी कार्यालयले विशेष सूचनाका आधारमा जङ्गलमा रेकी गर्दा ११ वटा मोटरसाइकल बरामद गरिएका थिए । जसमा से १ ब ११८१ नम्बरको एउटा सरकारी मोटरसाइकल पनि रहेको थियो ।
attariya hospital
विशेष सूचनाको आधारमा गएको प्रहरीले घेरा हालेर जुवाडे पक्राउ गर्न खोज्दा जुवाडे भागेपछि मोटरसाइकल भने बरामद गरेर हाल इलाका प्रहरी कार्यालय परिसरमा राखिएको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले वडाध्यक्षको हो भन्ने सूचना पाए पनि कुन वडाध्यक्षको हो भन्ने बारेमा खुल्न बाकी रहेको बताए ।
navjiwan hospital
‘मोटरसाइकल कति नम्बर वडाध्यक्षको हो बुझ्दै छौ हामी’ उनले भने ‘अझै मानिस सम्पर्कमा आएका छैनन् । वडाध्यक्षको हो भन्ने सुने पनि कसैले वडाध्यक्षको मोटरसाइकल मागेर पनि लगेको हुन सक्छ अथवा वडाध्यक्ष नै पनि हुन सक्नुहुन्छ । अहिले सम्म सम्पर्कमा आएका छैनन् म बुझ्दै छु ।’
मंगलबार जुवा खेलिरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपीकै कमान्डमा २० जनाको टोली खटिएको थियो । प्रहरीले जङ्गलमा रेकी गर्दा कसैले सुराकी गरेर जुवाडे भागेको हुन सक्ने अनुमान गरिएको जनाएको छ । डिएसपी महराले जुवाडेले मोटरसाइकल सँगै चप्पल पनि सोही क्षेत्रमा छोडेर गएको बताए ।

भिडियाे