अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ४ गोदावरीमा वनभित्र जुवाखाल सञ्चालन गरेको भेटिएको छ । विशेष सूचनाका आधारमा पुगेको प्रहरीले देखेपछि जुवाडे फरार भएका छन् ।

प्रहरीले उक्त ठाउँबाट एक सरकारी सहित ११ मोटरसाइकल बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले मोटरसाइकल नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मालाखेतीमा राखिएको बताए ।
उनले मोटरसाइकल पहिचान गर्ने काम भइरहेको बताए ।
















