खाेज्नुहाेस

कञ्चनपुरमा भन्सार छलीका सामानसहित दुई महिला पक्राउ

Image
सांकेतीक फाेटाे

कञ्चनपुर – कञ्चनपुरमा प्रहरीले भन्सार छली गरी भारतबाट ल्याइएका सामानसहित दुई महिलालाई नियन्त्रणमा लिएको छ। साथै कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट गरी करिब १ लाख ६१ हजार रुपैयाँ बराबरका भन्सार छलीका सामानसमेत बरामद गरिएको छ।

बेलौरी नगरपालिका–६ प्रेमनगरबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ४९ हजार ८ सय ४० रुपैयाँ बराबरका बिडी, सुर्ती, प्लाष्टिक झिल्ली र दुई थान साइकलसहित दुई महिला पक्राउ परेका छन्।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–४ रिछाहा बस्ने ५० वर्षीया राधा राना र बेलौरी नगरपालिका–५ बस्ने ४० वर्षीया पार्वती कार्की रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले मंगलबार फेला पारी आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिएको हो।

यसैगरी, बेलौरी नगरपालिका–१ सिमघारीबाट भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ३८ हजार ४ सय रुपैयाँ बराबरका पेय पदार्थ, बोइलर कुखुरा लगायतका सामान प्रहरीले बरामद गरेको छ। प्रहरी चौकी फटैयाबाट खटिएको टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको हो।

यस्तै, कैलालीका विभिन्न स्थानबाट पनि भारतबाट भन्सार छली गरी ल्याइएका अन्दाजी ७३ हजार ८० रुपैयाँ बराबरका पेय पदार्थ, बिडी, सुर्ती, बोइलर कुखुरा लगायतका सामान प्रहरीले बरामद गरेको छ।

कञ्चनपुर र कैलालीबाट बरामद गरिएका सामानको कुल अनुमानित मूल्य १ लाख ६१ हजार ३ सय २० रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।