खाेज्नुहाेस

बैतडीमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते, चारको अवस्था गम्भीर

Image

बैतडी — बैतडीको मेलौली नगरपालिका–१ बुढाकाफलकोटमा ईभी गाडी दुर्घटना हुँदा २० जना घाइते भएका छन्। मेलौली नगरपालिका–१ मेलौलीबाट सोही वडाको झुसिलतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ज ६३० नम्बरको ईभी गाडी मंगलबार साँझ करिब ६ः३० बजे दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहका अनुसार दुर्घटनामा मेलौली–१ का अङ्कित नेगी (७), अन्सु नेगी (५), सरस्वती नेगी (३०), लक्ष्मी नेगी (२७), सरु पार्की (३३), चादनी पार्की (२५), जानकी पुजारा (३४), रमेश पुजारा (१२), रेस्मा पुजारा (१५), हजारी पोखरेल (६५), महेन्द्र पुजारा (४२), कमला दमाई (१०) र गगन चन्द (६५) घाइते भएका छन्।

attariya hospital
navjiwan hospital

यस्तै, पाटन नगरपालिका–७ का नरेश ठगुन्ना (१९), दिनेश ठगुन्ना (१८) र सागर ठगुन्ना (१८) तथा मेलौली–१ का चालक मान सिंह नायक (३०), आलोक चन्द (५), अन्जना कुमारी नेगी (१२) र माधुरी नायक (१२) पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये अङ्कित नेगी, अन्सु नेगी, सरु पार्की र जानकी पुजाराको अवस्था गम्भीर रहेको छ। दुर्घटनामा घाइते १३ जनालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल पठाइएको छ भने अन्य सात जनाको मेलौली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारपछि डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ ।

गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।