खाेज्नुहाेस

कैलालीमा जिल्ला स्तरीय विद्यालय नृत्य प्रतियोगिताको तेस्रो संस्करण सुरु

Image

अत्तरिया – वान वे डान्स क्याम्पको आयोजनामा ‘डिस्ट्रिक्ट लेभल स्कुल डान्स कम्पिटिसन–सिजन ३, २०८३’ सुरु भएको छ। प्रतियोगिताको मंगलबार निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्तले
उद्घाटन गरेका छन्।

उद्घाटन समारोहमा विभिन्न क्षेत्रका अतिथि, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूको उपस्थिति रहेको थियो।

attariya hospital
navjiwan hospital

प्रतियोगितामा करिब ५०० जना विद्यार्थी सहभागी भएकोमा विभिन्न चरणको छनोटबाट ७० जना प्रतिस्पर्धी छनोट गरिएको आयोजकले जनाएको छ।

७० जना प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट ३५ जना विद्यार्थी अन्तिम चरणका लागि छनोट भएका छन्। छनोट भएका विद्यार्थीहरूले प्रतियोगिताका आगामी चरणमा आफ्नो नृत्य प्रतिभा प्रस्तुत गर्नेछन्।

विद्यार्थीमा रहेको नृत्य प्रतिभालाई उजागर गर्ने तथा कला र सिर्जनात्मकताप्रति उनीहरूको रुचि बढाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजक वान वे डान्स क्याम्पले जनाएको छ।