खाेज्नुहाेस

बेलौरीमा नालामा खस्यो हाइस

Image

बेलौरी – कञ्चनपुरको बेलौरीमा हाइस नालामा खसेको छ । मंगलबार दिउँसो बेलौरी नगरपालिका – १० सडकघाटमा अत्तरियाबाट बेलडाँडीको वैवाहका लागि हिँडेको बा ५ ख ८९०० को हाइस अनियन्त्रित भएर नालामा खसेको हो ।

navjiwan hospital

प्रहरीका अनुसार दुर्घटनामा २ वर्षीय एलकेश चौधरीलाई सामान्य चोट लागेको छ । अहिले उनको उपचारपछि परिवारको जिम्मा लगाइएको छ भने अरू केही क्षति भएको छैन ।

attariya hospital

हाइस प्रहरी चौकी भुडाको नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेलडाँडी गाउँपालिका – ३ वैवाहबाट दैनिकी नेपालगन्जसम्म जाने गाडी आज अत्तरियाबाट आएको थियो ।