खाेज्नुहाेस

हात्ती नियन्त्रणमा सहयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको आग्रह

Image

कञ्चनपुर– हात्ती नियन्त्रणमा सहयोग गर्न शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै निकुञ्जले हात्तीलाई नियन्त्रण गर्नमा सबैले सहयोग गरिदिन आग्रह गरेको हो ।

navjiwan hospital

सूचनामा हात्ती निस्किएको क्षेत्रबारे समयमै जानकारी गराई सहयोग गरिदिन भनिएको छ । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा जङ्गली हात्तीको बथानले स्थानीयका बालीनाली नष्ट गर्नुका साथै, घर समेत भत्काउँदै आएको छ । जिल्लाका विभिन्न स्थानबाट निस्कने हात्तीको बथान नियन्त्रणका लागि निकुञ्जको कार्यालयले समयमा नै जानकारी गराइ सहयोग गर्न आग्रह गरेको हो ।

attariya hospital

वरिष्ठ संरक्षण अधिकृत चन्द्र शेखर चौधरीले निकुञ्जको मध्यवर्ती क्षेत्रका गाउँवस्ती तथा खेतिबालीमा समय समयमा निस्कने जङ्गली हात्ती नियन्त्रणका कार्य भइरहेको बताए । कुनै क्षेत्रमा हात्ती बाहिर निस्किएको खण्डमा नजिकको सेक्टर, रेन्जर पोस्ट तथा पोस्टमा सम्पर्क गरी हात्ती नियन्त्रणका काममा सहयोग गर्न आग्रह गरिएको उनले बताए ।

निकुञ्ज कार्यालयले हात्ती आएको खण्डमा मझगाउँ हेडक्वार्टर, अर्जुनी सेक्टर, हिरापुर रेन्जपोष्ट, बेलडाँडी रेन्जपोष्ट, ढक्का रेन्जपोष्ट, पिपरिया रेन्जपोष्ट, दोधारा पोस्ट, पलिया पोस्ट, मालुमेला पोस्ट, बडनिखेडा पोस्ट, तारापुर पोस्ट र हात्तीथला पोस्टमा समयमै खबर गर्न आग्रह गरेको छ ।