
धनगढी– कैलालीको गौरीगंगामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मंगलबार बिहान गौरीगंगा नगरपालिका– २ झिलमा ट्रकको ठक्करबाट स्थानिय ५ वर्षिय देवराज देउवाको मृत्यु भएको हो ।
से १ क १३५२ नम्बरको ट्रकको ठक्करबाट गम्भिर घाईते भएका देउवाको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले बताएको छ । ट्रक र चालक लम्कीचुहा नगरपालिका–२ बस्ने सुनिल चौधरीलाई इलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ ।


















