अत्तरिया – भारतको बैङ्गलोरस्थित सम्पिगेहल्लीमा बस्दै आएका कैलालीकाे टीकापुरका टंकप्रसाद उपाध्याय बेपत्ता भएका छन्।
मुगुको खप्तड गाउँपालिका–७ थारागाउँ स्थायी घर भई हाल टीकापुरमा बस्दै आएका उपाध्याय करिब ५–६ वर्षदेखि बैङ्गलोरमा काम गर्दै आएका थिए ।


परिवारका अनुसार उनी सेप्टेम्बर १ तारिख (भदाै १६ गते) साँझ करिब ६ः३० बजे कामबाट बैङ्गलोर स्थित घरमा आएका थिए। घर आएपछि मोबाइल र पैसा घरमै छोडेर निस्किएका उनी त्यसपछि सम्पर्कविहीन भएकाे बैङ्गलोरमै उनी सँगै बस्दै आएकी टंकप्रसादकी श्रीमतीलाइ उदृत गर्दै टंकप्रसादका दाइ लाल प्रशाद उपाध्यायले बताए ।
बेपत्ता हुँदा उपाध्यायले नीलो हाफ टी–सर्ट, क्रिम रङको हाफ पाइन्ट र कालो चप्पल लगाएकाे उनले बताए ।
उनलाइ कसैले देखेको वा अवस्थाबारे कुनै जानकारी प्राप्त गरेको भए भारतमा ६२३०७२६८०६ वा ७६२४८८३५७७ तथा नेपालमा ९८४८५४०७४५ वा ९७६३८२८८४० मा सम्पर्क गरिदिन परिवारले अनुरोध गरेको छ। साथै नजिकको प्रहरी कार्यालयमा समेत जानकारी गराउन आग्रह गरिएको छ।



















