धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले १ लाख रुपैयाँभन्दा बढी मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ।

भारतबाट अवैध रूपमा भन्सार छली गरी ल्याइएका अन्दाजी १ लाख ७ हजार १ सय रुपैयाँ बराबरका सुर्ती, चुरोट, गुट्खा, अटोको कप्लिङ रबर, इलेक्ट्रोनिक लगायतका सामान सोमबार प्रहरीले बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले ती सामान बेवारिसे अवस्थामा फेला पारेको जनाएको छ।
बरामद सामान आवश्यक प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।



















