खाेज्नुहाेस

गाई तार्ने क्रममा महाकालीमा बगेर बेपत्ता भएका पुरुषको शव फेला 

Image
navjiwan hospital
कञ्चनपुर – कञ्चनपुर स्थित महाकाली नदीमा बगेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ । नदीमा बगेर बेपत्ता भएका दोधारा चाँदनी नगरपालिका–४ मालिका टोलका ५० वर्षीय जित दमाईको शव महाकाली नदी किनारमा फेला परेको हो ।
सोमबार बिहान करिब साढे ९ बजे महाकाली नदीको टापुमा गाई तार्ने क्रममा नदीमा बगेर बेपत्ता भएका दमाईको शव साँझ साढे ५ बजे १ किलोमिटर तल दोधारा चाँदनी नगरपालिका– ५ सुर्खेती टोलमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली परिचालन गरिएको थियो ।
attariya hospital