खाेज्नुहाेस

गोदावरी आर्यघाटमा सरसफाइ, नजलेका काठ व्यवस्थापनमा चुनौती

Image

अत्तरिया – कैलालीको गोदावरी आर्यघाटमा सरसफाइ गरिएको छ । नगर प्रहरी र पालिका कर्मचारी परिचालन गरेर सरसफाइ गरिएको हो । आर्यघाट क्षेत्रमा नियमित सरसफाइ गर्ने क्रममा सोमबार पनि अन्त्येष्टि पछि जम्मा भएका नजलेका काठ सफाइ गरिएको जनाइएको छ । नगरपालिकाले अन्त्येष्टिपछि निस्कने फोहोर जथाभाबी नफाल्न र तोकिएको स्थानमा व्यवस्थित रूपमा व्यवस्थापन गर्न सबैलाई अनुरोध गरेको छ ।

navjiwan hospital

गोदावरीमा आधुनिक आर्यघाट निर्माण गरिए पनि जल्न वाकी काठ नालीमा नबग्ने भएकाले थुप्रो लाग्ने गरेको छ । गोदावरीमा नदीमा पानी नहुँदा शव दाहसंस्कारमा हुने समस्या समाधान गर्ने उद्देश्यले आधुनिक आर्यघाट निर्माण गरिएको थियो । संघीय सरकारको पर्यटनसम्बन्धी आयोजनामार्फत करिब २ करोड लागतमा निर्माण गरिएको उक्त आर्यघाटमा ३ लाख लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरेर सोही पानीले शव अन्त्येष्टि पछि पखाल्ने गरिएको छ ।

attariya hospital

आधुनिक आर्यघाटमा अटोमेटिक फ्लसिङ प्रणाली जडान गरिएपछि नजलेका ठुला काठका टुक्रा बगाउन नसकिने भएकाले सोही ठाउँमा जम्मा हुने गरेका छन् । ठुला काठका टुक्रा व्यवस्थापनमा समस्या भए पनि सुख्खा मौसममा अन्त्येष्टि गर्न भने सहज हुने गरेको छ । आर्यघाट क्षेत्रमा यसअघि नै कालोपत्रे सडक, प्रतीक्षालय र क्रिया घर निर्माण गरिएका छन् । नगरपालिकाले आर्यघाट सञ्चालनका लागि कार्यविधि बनाएर सञ्चालन गर्ने जनाएको छ ।