धनगढी – कैलालीको धनगढीमा अटोले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–२ मिलन चोकमा चौराहाबाट भन्सारतर्फ जाँदै गरेको सु.प.प्र.०१–००८ प ५९५९ नम्बरको मोटरसाइकललाई बाटो क्रस गर्ने क्रममा सु.प.प्र.०१–००२ स ६११ नम्बरको अटोले ठक्कर दिदा मोटरसाइकलमा पछाडी सवार किशाेरको मृत्यु भएको हो ।
मृतु हुनेमा कञ्चनपुर, पुनर्वास नगरपालिका ८ “क” गाँउका १४ को क्रिस गोतामे रहेका छन । दुर्घटनामा गम्भिर घाइते भएका उनको मायामेट्रो अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको थियो ।


दुर्घटनामा मोटरसाइकल चालक कैलालीको घोडाघोडी नगरपालिका–८ का २२ वर्षीय दिनेश थापा घाइते भएका छन् । उनको मायामेट्रो अस्पतालमै उपचार भइरहेको छ ।
प्रहरीले अटो चालक धनगढी उपमहानगरपालिका–२ आदर्श टोलका १८ वर्षीय अंकित गुप्तालाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
*अपडेट गरिएकाे

















