खाेज्नुहाेस

कैलालीमा एक लाख ७६ हजारभन्दा बढीका भन्सार छलीका सामान नियन्त्रणमा

Image

कैलाली – कैलाली जिल्लाका विभिन्न स्थानबाट भन्सार छली गरी भारतबाट ल्याइएका १ लाख ७६ हजार रुपैयाँभन्दा बढी मूल्यका सामान प्रहरीले नियन्त्रणमा लिएको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार विभिन्न स्थानमा बेवारिसे अवस्थामा फेला पारेका अन्दाजी १ लाख ७६ हजार ७१० रुपैयाँ बराबरका सामान नियन्त्रणमा लिएको हो।

attariya hospital

नियन्त्रणमा लिइएका सामानमा बिडी, सुर्ती, गुट्खा, हुक, रबर, बेकरीका सामानलगायत रहेका छन्।

प्रहरीले आवश्यक प्रक्रिया पूरा गरी बरामद सामान नियन्त्रणमा लिएको जनाएको छ।