कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित नहरमा डुबेका ८ वर्षीय बालकको मृत्यु भएको छ।

सोही ठाउँका बृख ओखेडाका छोरा ८ वर्षीय साहिल ओखेडा नहरमा डुबेको अवस्थामा आफन्तले फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लगिएकोमा चिकित्सकले शनिबार बेलुकी मृत घोषणा गरेका हुन्।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।



















