अत्तरिया – कैलालीको गेटा स्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय परिसरमा ५११ प्रजातिका बिरुवा रोपिएका छन् । शनिवार विभिन्न संघ संस्थाहरूको सहयोगमा विश्वविद्यालय प्राङ्गणमा वृक्षारोपण गरिएको हो ।

वृक्षारोपण अभियानमा नेपाली सेना, रोटरी क्लब, लायन्स क्लब, प्लान्ट रिसर्च सेन्टर लगायतका संघ संस्थाहरूको सहभागिता रहेको विश्वविद्यालयका उपकुलपति सुनिल कुमार जोशीले बताए । उनले विश्वविद्यालय प्राङ्गणमा ११ भन्दा बढी प्रजातिका बिरुवा रोपिएको बताए ।

उनले झाडी सफाइ पछि वृक्षारोपण कार्यक्रम सुरु गरिएको बताउँदै यो अभियान निरन्तर रहने बताए । वृक्षारोपण गरिएपछि गर्मीको समयमा शीतलता प्रदान गर्ने भएकाले राहत पुग्ने विश्वास लिइएको उनले बताए ।



















