खाेज्नुहाेस

दार्चुलाका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने

Image

दार्चुला – दार्चुलामा निर्माणाधीन तथा सञ्चालनमा रहेका जलविद्युत् आयोजनामा पूर्वसूचना प्रणाली स्थापना गरिने भएको छ । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले जलविद्युत् पूर्वाधारलगायत जनधनको अकल्पनीय क्षति पु¥याएको घटनाबाट पाठ सिक्दै यहाँका जलविद्युत् आयोजनाको सुरक्षामा विशेष सतर्कता अपनाउन लागिएको हो ।

navjiwan hospital

हिमनदीमा अचानक बहाब बढेमा, पहिरोका कारणले जलविद्युत् आयोजनाको ड्याममा ढुङ्गा, माटो, बालुवा, गेग्य्रान लगायतका वस्तु थुप्रिएमा सुरक्षा चुनौती बढ्न सक्ने विश्लेषण गर्दै सम्भावित क्षतिको न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली स्थापना गर्ने निर्णय गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले जानकारी दिए ।

attariya hospital

जिल्लास्थित सञ्चालनमा रहेका हाइड्रोपावर कम्पनीसँग परियोजनाको प्रकृति, डिजाइन, आपत्कालीन सुरक्षित निकासमार्गमा हुने जोखिमको अवस्था र न्यूनीकरणका उपायबारे समीक्षा गरिएको तथा आयोजनामा विपत् पूर्वसूचना प्रणाली स्थापना गर्ने निर्णय गरिएको उनले बताए ।

आयोजनाको सुरक्षासँगै आपत्कालीन प्रतिकार्य योजना अन्तर्गत बाढी, नदीको बहाब वृद्धि पहिचान, विद्युत्गृहका कर्मचारी सुरक्षित स्थानमा जाने, बाँधका कर्मचारी सुरक्षित उचाइतर्फ जाने र कर्मचारीको गणना निरन्तर रूपमा गर्ने सन्दर्भमा समेत छलफल गरिएको प्रजिअ पौडेलले जानकारी दिए ।