खाेज्नुहाेस

कांग्रेस सुदूरपश्चिम संसदीय दलद्धारा पूर्वघोषित रकम प्रधानमन्त्री दैवी प्रकोप कोषमा जम्मा

Image

धनगढी – नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले रसुवाको भोटेकोसी बाढीबाट प्रभावित पीडितहरूका लागि पूर्वघोषित आर्थिक सहायता रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ। संसदीय दलले शुक्रबार ३ लाख ६१ हजार ६ सय ६७ रकम कोषमा जम्मा गरेको हो।

navjiwan hospital

यसअघि भाद्र १२ गते संसदीय दलले भाद्र १० गते रसुवाको भोटेकोसीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि मानवीय सहायता तथा राहतस्वरूप आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो। संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले एक महिनाको पारिश्रमिक तथा संसदीय दलका अन्य प्रदेशसभा सदस्यहरूले १० दिनको पारिश्रमिक बराबरको रकम सहयोगस्वरूप प्रदान गरेका हुन्।

attariya hospital

यसैबीच, शुक्रबार संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा बसेको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठकले भोटेकोसीमा आएको बाढीका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेको छ।

बैठकले विपद्का कारण प्रभावित परिवारप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्दै पीडितहरूको राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यक्रमलाई थप प्रभावकारी रूपमा निरन्तरता दिन सबैमा आग्रहसमेत गरेको छ।