खाेज्नुहाेस

कैलालीमा बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

Image

धनगढी – तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कैलाली प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भजनी नगरपालिका –७ का एक युवकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

तीन वर्षीया बालिकालाई बलात्कार गरेको ती युवकमाथि आरोप लागेको छ । आरोपितलाई पक्राउ गरेर मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । पक्राउ परेका युवक करिब १८ वर्षको रहेको उनले बताए ।

attariya hospital

घट्ना चार–पाँच दिन अगाडिकै भए पनि मिलाउने दबाबका कारण ढिलो गरी प्रहरीमा उजुरी पुगेको स्थानीयले बताएका छन् । उनीहरुका अनुसार अझै पनि राजनीतिक दलका नेता, गाउँका अगुवाले घटना मिलाउने प्रयास गरिरहेका छन् ।

खेल्नेक्रममा बालिकाको यौनाड्डमा चोट लागेको भनेर प्रहरीसमक्ष बयान दिनका लागि बालिकाकी आमालाई दबाब दिइरहेको स्थानीयको भनाइ छ ।