खाेज्नुहाेस

गेटा आँखा अस्पतालमा बडेहा बिजौरा खानेपानीद्धारा निःशूल्क धारा जडान

Image

अत्तरिया – कैलालीको गेटामा अवस्थित गेटा आँखा अस्पतालमा निःशूल्क धारा जडान गरिएको छ । गोदावरी नगरपालिका – १ मा रहेको बडेहा बिजौरा खानेपानी तथा सरसफाई उपभोक्ता समितिले आँखा अस्पतालमा निःशूल्क धारा जडान गरेको हो ।

navjiwan hospital

बुधबार समितिले सो धारा अस्पताल प्रशासनलाई हस्तान्तरण गरेको छ । समितिका अध्यक्ष चेतराज पन्तले गेटा आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज चौधरी र गेटा आँखा अस्पतालकी निर्देशक डा. सुजाता भण्डारीलाई संयुक्त रुपमा धारा हस्तान्तरण गरेका हुन् ।

attariya hospital

धारा हस्तान्तरण पश्चात बोल्दै अध्यक्ष पन्तले अस्पतालमा बिरामीहरुका लागि खानेपानीको समस्या देखेर निःशूल्क रुपमा धारा जडान गरिएको बताए । उनले गेटा आँखा अस्पतालमा उपचारका लागि जाने विरामीहरु तथा सेवाग्राहीहरुलाई खानेपानीको चरम समस्या रहेको जानकारी पाएपछि समितिका तर्फबाट धारा जडान गरिएको बताए ।

‘आँखा अस्पतालमा विरामी तथा सेवाग्राहीहरुका लागि खानेपानीको समस्या थियो’ उनले भने ‘त्यो समस्याको समाधानको लागि समितिले निःशूल्क रुपमा धारा जडान गरेको हो ।’ उनले धारा जडानको लागि कुनै शुल्क नलिईएको र पानी खपत बाफतको शूल्क समेत नलिईने बताए ।