खाेज्नुहाेस

बाजुरामा खोलाले बगाउँदा १६ वर्षीय किशोर बेपत्ता

Image
file photo

धनगढी – बाजुराको जगन्नाथ गाउँपालिकामा खोलाले बगाउँदा एक किशोर बेपत्ता भएका छन्। जगन्नाथ गाउँपालिका–३ का बिर्ज सिंहका अन्दाजी १७ वर्षीय छोरा अनुज सिंह बाख्रा चराउन गएको अवस्थामा कालसिङ्गे खोला तर्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका हुन्।

navjiwan hospital

मंगलवार दिउँसो करिब १ बजे खोला तर्ने क्रममा उनलाई खोलाले बगाएको हो। घटनाबारे स्थानीय खडक भण्डारीले साँझ ५ः५० बजे प्रहरी चौकी जुड्डीमा जानकारी गराएका थिए।

attariya hospital

जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेशबहादुर रावलको कमान्डमा तीन जनाको टोली बेपत्ता किशोरको खोजी तथा उद्धारका लागि घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।

घटनास्थल प्रहरी चौकी जुड्डीबाट करिब चार घण्टा पैदल पश्चिमतर्फ पर्छ। किशोरको खोजी कार्य जारी भइरहेको प्रहरीले जनाएको छ।