खाेज्नुहाेस

दार्चुलामा चरेशसहित १८ वर्षीय किशोर पक्राउ

Image
file photo

दार्चुला – दार्चुलाको महाकाली नगरपालिका–४ खलङ्गा बजारबाट लागूऔषध चरेश जस्तो देखिने कालो पदार्थसहित एक किशोर पक्राउ परेका छन्।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले मंगलबार साँझ चेकजाँचका क्रममा ५ ग्राम चरेश जस्तो देखिने कालो पदार्थसहित १८ वर्षीय किशोरलाई पक्राउ गरेको हो।

attariya hospital

पक्राउ परेका किशोर महाकाली नगरपालिका–२ पनौडा घर भई हाल महाकाली नगरपालिका–४ बाङ्गाबगडमा बस्दै आएका छन्।

घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।