खाेज्नुहाेस

धनगढीमा ब्राउनसुगरसहित युवक पक्राउ

Image

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–७ मनेहराबाट ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मनेहरा बस्ने २३ वर्षीय शिव्जु रानालाई मंगलबार साँझ पक्राउ गरेको हो। प्रहरीले शंकाको आधारमा चेकजाँच गर्दा रानाको साथबाट ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थ ६९० मिलिग्राम फेला परेको जनाएको छ।

attariya hospital

बरामद लागूऔषधसहित रानालाई नियन्त्रणमा लिई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।