
बाजुरा – बाजुरामा पहिरोका कारण तीन दिनदेखि अवरुद्ध भएको राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा सुचारु भएको छ । गत शनिबार अविरल वर्षासँगै साँफे–मार्तडी सडकखण्डका विभिन्न ठाउँमा पहिरो खस्दा विद्युत् खम्बा ढलेपछि बन्द भएको सेवा आज साँझ ६ बजेबाट सदरमुकाम मार्तडीमा पुनः सुचारु भएको हो ।
सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका– ९ सुवाकाँध र ६ को वीरेखोला, नुनेपानी क्षेत्रमा पहिरोले करिब ३२ खम्बा ढलेपछि विद्युत् आपूर्ति पूर्ण रुपमा बन्द भएको थियो ।


















