खाेज्नुहाेस

वनबासा पुलमा चारपांग्रे सवारीसाधनको आवागमन सुचारु

Image

कञ्चनपुर – महाकाली नदीमा पानीको बहाव घटेसँगै पाँचौं दिनदेखि शारदा ब्यारजेको वनबासा पुलमा चारपांग्रे सवारीसाधन आवागमन सुचारु गरिएको छ । गत बिहीबारदेखि बहाव बढेपछि पुलमा चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइएको थियो । पहाडी जिल्लाहरूमा निरन्तरको वर्षाका कारण नदीमा पानीको बहाव बढेको हो ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार दिउँसोदेखि पानीको बहाव घटेसँगै चारपांग्रे सवारीसाधन आवागमन खुला गरिएको हो । नदीमा पानीको बहाव १ लाख क्युसेकभन्दा कम भएपछि मात्रै ठूला सवारीसाधन आवागमनका लागि खुला गरिँदै आएको छ ।

attariya hospital

मंगलबार बिहानसम्म पनि नदीमा पानीको बहाव १ लाख क्युसेकभन्दा बढी थियो । सय वर्ष पुरानो पुलमा जोखिम हुन सक्ने भन्दै पानीको बहाव १ लाख क्युसेक नाघ्ने बित्तिकै चारपांग्रे सवारीसाधन आवागमनमा रोक लगाइने गरिएको छ ।