अत्तरिया – जेनजी सहिदहरुको सम्झनामा अत्तरियामा दीप प्रज्वलन गरिएको छ । अत्तरियाका अगुवा युवाहरूले आज पहिलो जेनजी दिवसको अवसरमा दीप प्रज्वलन गरेका हुन ।

दीप प्रज्वलन कार्यक्रममा जेनजी आन्दोलनका क्रममा सिंहदरबार अगाडी छातीमा गोली लागेर घाइते भएका डोटीको केआईसींह गाउँपालिका ७ का हिक्मत भण्डारीको समेत सहभागिता रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले सहिदहरूले देशको परिवर्तनका लागि दिएको योगदानको समेत स्मरण गरेका थिए ।
















