खाेज्नुहाेस

जेनजी आन्दोलनमा कैलाली कारागारबाट भागेका २०२ कैदीबन्दी अझै फरार

Image
धनगढी – जेनजी आन्दोलनका क्रममा कैलाली कारागारबाट भागेका २०२ कैदीबन्दी एक वर्ष बितिसक्दा पनि पक्राउ परेका छैनन् । जेनजी आन्दोलनका क्रममा २०८२ भदौ २४ गते कारागारबाट ६६५ कैदीबन्दी बाहिरिएका थिए ।
attariya hospital
तीमध्ये ४६२ जना कारागार फर्किए पनि १७ जना महिला र १८५ जना पुरुष अझै फरार रहेका छन् । फरार रहेकै अवस्थामा एक जना कैदीबन्दीले भने आत्महत्या गरेको कैलाली कारागारका निमित्त प्रमुख वसन्त जोशीले बताए ।
navjiwan hospital
उनले फरार रहेकामध्ये १९ जना भारतीय नागरिक रहेको बताए । कारागार प्रशासनका अनुसार हालसम्म फर्किएका अधिकांश कैदीबन्दी आफैँ सम्पर्कमा आएर फर्किएका हुन् । केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाएको थियो ।
जेनजी आन्दोलनका क्रममा देशका विभिन्न कारागारबाट ठुलो सङ्ख्यामा कैदीबन्दी बाहिरिएका थिए ।