खाेज्नुहाेस

बाजुराको साँफे–मार्तडी सडक सञ्चालन

Image

बाजुरा – पहिरोका कारण तीन दिनदेखि अवरुद्ध साँफे–मार्तडी सडक सञ्चालनमा आएको छ । शनिबारदेखिको अविरल वर्षापछि उक्त खण्डको विभिन्न ठाउँमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध रहेकोमा मंगलबार दिउँसो देखि सञ्चालनमा आएको हो । स्थानीय बडीमालिका नगरपालिका वडा नं ६, ८ र ९ का विभिन्न स्थानमा पहिरो गएसँगै उक्त सडक पूर्ण रुपमा यातायात ठप्प भएको थियो ।

navjiwan hospital

आइतबारदेखि सडक विभागका दुईवटा जेसिबी प्रयोग गरी पहिरो पन्छाएरसडक सञ्चालनमा ल्याइएको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले जानकारी दिए । उनका अनुसार सदरमुकाम नजिकै कारागार मोड, सेलागाड, सुवाकाँध, राप्का, बिरेखोलालगायतका स्थानमा पहिरो खसेको र लगातारको वर्षाले हटाउन समस्या हुँदा सडक सुचारु गर्न केही ढिलाइ भएको हो ।

attariya hospital

सडक सञ्चालनमा आएसँगै सदरमुकाम मार्तडीबाट आवतजावत गर्ने लामो तथा छोटो दुरीका सवारीसाधन आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । कारागार मोड नजिकै सडकमा ठूलो ढुङ्गा खसेका कारण त्यो पन्छाउन नसक्दा बस र ट्रकलगायतका ठूला सवारीसाधन भने चल्न सकेका छैनन् । जिल्ला प्रहरी कार्यालयकाअनुसार सो ठाउँमा मेसिन लगाएर अहिले मर्मत कार्य भइरहेको छ ।