खाेज्नुहाेस

कञ्चनपुरबाट दुई भारतीयलाई स्थानीयले मध्यरातमा नियन्त्रणमा लिए,सहमतिमा प्रहरीले छाड्यो

Image

बेलौरी – कञ्चनपुरकाे बेलडाँडीको वैवाहमा चोरी गर्न आएको आरोपमा पक्राउ परेका दुई जना भारतीयलाई प्रहरीले छोडेको छ । आइतबार मध्यरातमा बेलडाँडी गाउँपालिका ३ वैवाहमा स्थानीयहरुले दुई जना भारतीयलाई नियन्त्रणमा लिएका थिए ।

सीमावर्ती भारतीय गाउँ टाटगन्जका आएका दुई भारतीय नागरिकलाई वैवाहका अटोरिया चौधरीको पसलको चोरी गर्ने प्रयास गर्दा नियन्त्रणमा लिइएको स्थानीयहरुले बताएका छन । पसलको ताला फुटाउदै गर्दा सिसिटिभीमा देखिएपछि चौधरी अन्य स्थानीयहरुलाई खबर गरेका थिए ।

attariya hospital
navjiwan hospital

खबर पाएपछी मध्यरात १२ बजेको समयमा घेरेर नियन्त्रणमा लिएको बेलडाँडी गाउपालिका ३ का वडा अध्यक्ष दुर्गा चौधरीले बताए । उनका अनुसार एक जना भाग्दै गर्दा भेटिएका थिए भने अर्का स्थानीयको गोठमा लुकेको अवस्थामा भेटेका थिए ।

नियन्त्रणमा लिएर स्थानीय उनीहरुलाइ बाधेर राखेका थिए । मध्यरातमा गाउँमा चोरी गर्न आएको आवेगमा स्थानीयहरुले कुटपिट समेत गरे । स्थानीयहरुले नियन्त्रणमा लिइसके पछि प्रहरी घटना स्थलमा पुगेर उनीहरुलाई पक्राउ गरेको थियो ।

पक्राउ पछि दुबैलाई ईलाका प्रहरी कार्यालय बेलडाडी लगिएको थियो । सोमबार दिउँसो दुबै देशका जनप्रतिनिधि र स्थानीयहरुको रोहबरमा छलफल गरी उनीहरुलाई छाडिएको बेलडाडी प्रहरीले जनाएको छ ।

कुनै अपराध गरेको नभेटिएकोले दुबै देशका जनप्रतिनिधि, स्थानीयहरुको सहमति भएपछि उनीहरुलाई छोडिएको प्रहरीले जनाएको छ ।