खाेज्नुहाेस

गोदावरीमा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले अविरल वर्षाका कारण मोहना र गोदावरी नदीमा पानीको बहाव बढ्दै गएपछि नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र, धनगढीबाट प्राप्त जानकारीअनुसार सोमबार बिहानैदेखि भइरहेको अविरल वर्षाका कारण गोदावरी नगरपालिका क्षेत्रअन्तर्गत पर्ने मोहना र गोदावरी नदीले आफ्नो बहाव क्षेत्र पार गरी चेतावनी तहसमेत पार गरिसकेको नगरपालिकाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

वर्षा अझै जारी रहेकाले नदीमा पानीको बहाव थप बढ्न सक्ने सम्भावना रहेको भन्दै नगरपालिकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदायलाई सुरक्षित रहन र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।

नगरपालिकाले सम्भावित बाढी तथा डुबानबाट जोगिन नदी तथा खोलानालाको आसपास अनावश्यक आवतजावत नगर्न र जोखिमको अवस्था देखिएमा सुरक्षित स्थानतर्फ जान आग्रह गरेको छ ।

कैलालीमा पछिल्लो समय लगातार वर्षा भइरहेकाले नदी तथा खोलानालामा पानीको सतह बढ्दै गएको छ । नदीजन्य जोखिम न्यूनीकरणका लागि स्थानीय तह तथा सुरक्षा निकायले समेत निगरानी बढाएका छन् ।