खाेज्नुहाेस

बेलौरीको नि–विराद सहिद स्मृति खानेपानीको कार्यसमिति चयनमा ढिलाइ

Image

बेलौरी – बेलौरी नगरपालिका – १० शिवनगरमा रहेको नि–विराद सहिद स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको तेस्रो पटक साधारण सभा बोलाइएको छ । नयाँ कार्यसमिति चयनका लागि दोस्रो पटक सोमबार बोलाइएको साधारणसभामा गणपुरक संख्या नपुगेपछि २४ भदौ दिउँसो २ बजे बस्ने गरि तेस्रो पटक साधारणसभा बोलाइएको हो ।

यसअघि पहिलो पटक भदौ १६ गते साधारण सभा राखिएको थियो । उक्त सभाले पुरानो उपभोक्ता समितिको आर्थिक प्रतिवेदनलाई अनुमोदन गर्दै, अध्यक्ष झलक शाहसहितको समितिलाई विघटन गरी नयाँ समितिको चयन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको थियो । तर गणपूरक सङ्ख्या नपुगेपछि २२ गते पुनः भेला बोलाइएको थियो ।

attariya hospital
navjiwan hospital

१६ गते पुरानो समिती विघटन भएपछि नयाँ कार्य समिती नबुन्जेल कार्यवाहकको जिम्मेवारी अध्यक्ष झलक शाहले नै सम्हालिरहेका छन । नयाँ कार्यसमिति चयन प्रक्रिया अघि बढाउन पुष्पराज जोशीलाई निर्वाचन संयोजकको जिम्मेवारी दिइएको छ । नि–विराद सहिद स्मृति खानेपानी तथा सरसफाइ उपभोक्ता समिति अन्तरगत ४ सय ६१ उपभोक्ताहरु रहेका छन ।

यसैबिच नयाँ कार्यसमिति सर्वदलीय सहमति अनुसार गर्ने तयारी भइरहेको छ । हालसम्म सहमति भने हुन सकेको छैन । जसका कारण नयाँ कार्यसमिति चयन हुन ढिलाइ भइरहेको हो ।

स्रोतका अनुसार नेकपा एमाले र माओवादी बीच मेजर पदमा सहमति भइसकेको छ । सहमति अनुसार एमालेले अध्यक्ष पद र माओवादीलाई सचिव वा कोषाध्यक्ष पद लिने छ । राष्ट्रीय स्वतन्त्र पार्टी र नेपाली काङ्ग्रेसबीच पनि विभिन्न पदमा सहमतिको प्रयास भइरहेको बताइएको छ । सर्वदलीय सहमति नभएमा चुनावी प्रक्रियाबाट नयाँ कार्यसमिति चयन हुने छ ।

यद्यपि स्वतन्त्र उमेदवारहरुको दाबी बढी देखिनसक्ने भएकाले निर्वाचनबाट नयाँ कार्यसमिती चयन हुने सम्भावना रहेको छ ।