खाेज्नुहाेस

महाकाली नदीमा खसेर एक किशोरी बेपत्ता

Image
navjiwan hospital

कञ्चनपुर – कञ्चनपुर स्थित महाकाली नदीमा बगेर एक किशोरी बेपत्ता भएकी छिन । सोमबार दिउँसो दोधारा चाँदनी नगरपालिका – १० खड्खडे स्थित महाकाली नदिको किनारमा टिकटक भिडियो बनाउने क्रममा नदीमा खसेर १५ वर्षीय श्रृष्टि सुनार बेपत्ता भएकी हुन ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनी र प्रहरी चौकी बाबाथान खटिएको प्रहरी टोलीले खोजतलास गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

attariya hospital