खाेज्नुहाेस

१ लाख २४ हजारका अबैध भन्सार छलिका सामान बरामद

Image
file photo

अत्तरिया– कैलाली र कञ्चनपुरबाट प्रहरीले अबैध भन्सार छलीका सामान बरामद गरेको छ । दुवै जिल्लाका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी १ लाख २४ हजार ८०५ रुपैया बराबरका भन्सार छलीका सामान बरामद गरेको हो ।

navjiwan hospital

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कैलालीबाट अन्दाजी ४७ हजार २० रुपैया बराबरका र कञ्चनपुरबाट अन्दाजी ७७ हजार ७८५ रुपैया बराबरका सामान बरामद गरिएको छ । आईतबार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहतबाट खटिएको प्रहरी टोलीले कैलालीका विभिन्न स्थानबाट अन्दाजी ४७ हजार २० रुपैया बराबरका बिडी, सुर्ति, प्लाष्टिक झिल्ली लगायतका सामानहरु बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले बताएको छ ।

attariya hospital

यस्तै कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले अन्दाजी ७७ हजार ७८५ रुपैया बराबरका अवैध भन्सार छलीका सामान बरामद गरेको छ । प्रहरीका अनुसार सो मुल्य बराबरका भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याईएका बिडी, सुर्ति, मिठाई, दाल, नरिवल, बिस्कुट, फलफुल, तरकारी लगायतका सामानहरु बरामद गरिएको हो ।